Rule 8
स्रोतको पानीमा उपभोक्ता संस्थाको अधिकार कायम रहने

(१) नियम ६ बमोजिम उपभोक्ता संस्था दर्ता भएपछि उपभोक्ता संस्थाले उपयोग गर्न तोकिएको हदसम्मको परिमाण बराबर पानीको स्रोतमा उपभोक्ता संस्थाको अधिकार कायम रहनेछ ।
(२) यो नियमावली प्रारम्भ हुनु अघि नेपाल सरकारले विकास गरेको खानेपानी परियोजना संचालन गर्न ऐनको दफा ११ बमोजिम कुनै उपभोक्ता संस्थालाई हस्तान्तरण गरेको भए त्यस्तो उपभोक्ता संस्थाले उपयोग गर्ने हद सम्मको परिमाण बराबर पानीको स्रोतमा त्यस्तो उपभोक्ता संस्थाको अधिकार कायम रहनेछ ।